समाचार

भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गएराति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नंको भारतीय ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी ४५...

रुपन्देही–२ मा मतगणना स्थगित

काठमाडौं । रुपन्देही क्षेत्र नम्वर २ मा मतगणना स्थगित भएको छ । एजेन्डाहरू टिपेको भन्दा ३३ मत बढी बाकसमा भेटिएपछि अहिले मतगणना स्थगित भएको हो । बुटवल वाड नम्वर ११ र बुटवल १३ को मतबक्सामा सबै पार्टीको एजेण्टले टिपेको भन्दा ३३ मत बढ़ी बाकसमा भेटेको हुँदा मतगणना स्थागति भएको...

समानुपातिकतर्फ मकवानपुरमा पनि एमालेको अग्रता

मकवानपुर । मकवानपुरमा पनि समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ । देशभरको समग्र समानुपातिक मत परिणाममा अग्रता लिइरहेको एमालेले मकवानपुरमा पनि अग्रता लिएको हो । मकवानपुर क्षेत्र नं. २ को पछिल्लो मतपरिणाम अनुसार, एमाले २८ हजार २९६ मतसहित पहिलो स्थानमा, नेपाली कांग्रेस २१ हजार ५११ मतसहित दोस्रो स्थानमा रहेका...

३६६ मतले पछि परे गृहमन्त्री खाण

काठमाडौं । रूपन्देही–३ मा गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण ३६६ मतले पछि परेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार खाणलाई पछि पार्दै तीन दलीय गठबन्धनका साझा उम्मेदवार राप्रपाका दिपक बोहोराले अग्रता लिएका हुन् । बोहोराको २५ हजार ३५९ मत प्राप्त गर्दा खाणले २४ हजार ९९३ मत...

काभ्रे–१ (ख) मा ३ मतान्तरले तीर्थ लामा विजयी

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार, उनले आफ्नो निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामालाई ३ मतले पराजित गर्दै विजयी हासिल गरेका हुन् । तीर्थले १९ हजार २ सय ८० मत...

भारी मतान्तरका साथ जनार्दन शर्मा रुकुम पश्चिमबाट निर्वाचित

रुकुम । रुकुम पश्चिममा सरकारका अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले निर्वाचित भएका छन्। शर्माले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटालाई २६ हजार ५८८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । सो क्षेत्रमा ६० हजार ५६२ मत खसेको थियो । तीमध्ये शर्माको पक्षमा ३९ हजार...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रूपैयाँ ३२ पैसा र बिक्री दर १३०...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीको इश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्वर २–०२–००३ प ९१७८ नम्वरको मोटरसाइकल विपरीत दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्वरको मोटरसाइकल एकापसमा...

आज देशभर मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ । यस्तै, शनिबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया...

जनगणनाको पूर्ण विवरण सार्वजनिक गरिँदै

काठमाडौं । सरकारले ६ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ । राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ...