समाचार

सबैभन्दा बढी आयकर तिर्ने बानियाँ सप्लायर्स सम्मानित

हेटौंडा । आन्तरिक राजस्व कार्यालय मकवानपुरले सबैभन्दा बढी आयकर तिर्ने  हेटौंडाको बानियाँ सप्लायर्स प्रालिलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कार्यालयले आर्थिक वर्ष ०७७/०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा बानियाँ सप्लायर्सलाई सम्मान गरेको हो । कार्यक्रमकी प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी...

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । काठमाडौँको बाफलमा आज बिहान ट्रकको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङ रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते...

पूर्वी नवलपरासीबाट शशांक कोइराला निर्वाचित

नवलपुर । पूर्वी नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा.शशांक कोइराला निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार कोइराला २७ हजार ६७ मतसहित निर्वाचित भएका हुन् । कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका...

मकवानपुर प्रतिनिधि सभा १ मा राप्रपाका दिपक सिंह विजयी

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंह विजयी भएका छन् । सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३९३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी हाँसिल गरेका हुन् । सिंहले...

अपडेटः मतान्तर फराकिलो बनाउँदै दिपक सिंह

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले अग्रता फराकिलो बनाउँदै गएका छन् । वडा नम्वर १२ को मतगणनापश्चात उनले ७३५ मतान्तरले लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनालाई पछि पारेका छन् । सिंहले २५ हजार ६५ मत पाउँदा डिनाले २४ हजार ३३०...

नेकपा एमालेका मानवीर राई सोलुखुम्बुबाट विजयी

सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गर्दै जित हात पारेको हो । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत प्राप्त गरे ।

रौतहट १ मा माधव नेपाल निर्वाचित

काठमाडौं । रौतहटबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्दै नेपालमा निर्वाचित भएका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन्...

भारी मतान्तरले विजयी भए रवि लामिछाने

चितवन । चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९...

मकवानपुर १ अपडेटः वडा नम्वर ५ को गणनापछि दिपक सिंहले उछिने डिनालाई

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले सबैभन्दा २३ हजार ३५९ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३२७ मत पाएकी छिन् । सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६५६ मत...

मकवानपुर १ अपडेटः वडा नम्वर ५ मा दिपक सिंहलाई २१९८ मत

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले हेटौंडा नम्वर वडामा मात्रै २ हजार १९८ मत पाएका छन् । त्यस्तै सो वडामा सूर्य चिन्ह लिएर उठेका कमल थापाले १ हजार १८४ मत पाउँदा लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले ७५४ मत पाएकी छिन्...