दोलखामा शिवाकोटी भन्दा कार्की दोब्बर मतले अगाडि

तु खबर संवाददाता
२०७९ मंसिर १६, शुक्रबार १०:३१

दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्कीले दोब्बर मतले अगाडि छन् ।

हालसम्म ६ हजार ३१ मतगणना हुँदा कार्कीले १ हजार ८१८ मतान्तरले अग्रता कायम गरेका हुन् । कार्कीले ३ हजार ६१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १ हजार ८०० मत प्राप्त गरेका हुन् ।

दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । यहाँ १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।