दुर्घटनामा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १६, शुक्रबार १०:४१

झापा । झापामा गएारति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ ।

गएराति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएके छ । मृतक राईको ठेगाना भने खुलेको छैन । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।