हेटौंडा–४ हुप्राचौरमा रहेको स्व. राजा विरेन्द्रको शालिक सुरक्षाको माग
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौर परिसरमा रहेको स्व. राजा विरेन्द्रको शालिकको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाईएको छ ।
नगर विकास समितिको नाममा रहेको हुप्रचौर परिसरमा निर्माण भएको ऐतिहासिक, कलात्मक तथा परातात्विक महत्व बोकेका नेपालका राजाको शालिक नै भत्काउने गरी भवन निर्माणको कार्य अघि बढेकाले शालिक संरक्षण र सुरक्षाका लागि आवश्यक पहल गरिदिन राप्रपा निकट नेताहरुहको समूहले मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत विभागलाई ज्ञापनपत्र बुझाएको हो ।
राप्रपाको तर्फबाट गत मंसिर ४ गते सम्पन्न प्रलेश सभा निर्वाचनमा मकवानपुर १ ‘ख’बाट उम्मेद्वार रहेका गुञ्जनबहादुर न्यौपानेसहितको टोलीले प्रशासन कार्यालय पुगेर प्रजिअलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानकर्षण पत्र बुझाउने क्रममा राप्रपाका नेताहरु सन्दिप कुमार सापकोटा, आशिष चौलागाईं, सरस्वति थिङ्ग, विशाल दंगाल लगायतको सहभागीता रहेको थियो ।
