समाचार
रवि लामिछाने जित नजिक
काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित नजिक पुगेका छन् । यो समाचार तयार पार्दासम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत प्राप्त गरेका छन्...
एमाले महासचिवलाई पराजित गर्दै माओवादीकी रेखा विजयी
काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार, रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले...
भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी
भक्तपुर । भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल विजयी भएका छन् । सुवाल ३० हजार मतान्तरसहित विजयी भएका हुन् । नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरत खड्काले...
बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४१५३ पुग्यो
मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४ हजार १५३ जना पुगेको छ । प्रदेशमा गत साउनदेखि बुधबारसम्ममा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा...
मकवानपुर १ अपडेटः दिपक सिंह मत बढाउँदै, डिनाको अग्रता कायमै
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– १ मा हालसम्म लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् । डिनाले २२ हजार ५७३ मत पाएकी छिन् । भने सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २१ हजार ४७२ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले...
आगलागीमा परेर तीन बालबालिकाको मृत्यु
रौतहट । रौतहटको सदरमुकाम गौर बजारस्थित एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । गएराति ११ बजे बजेको समयमा विद्युतको तार सर्ट भई गौर नगरपालिका–१ स्थित इस्लाम मियाको कपास डसना पसल र जाकिर बाइक ग्यारेज रहेको घरमा आगलागी हुँदा घरभित्रै सुतिरहेका १६ जनामध्ये ३ जना बालबालिकाको जलेर...
पृथ्वीसुब्बा गुरूङ लमजुङबाट विजयी
लमजुङ । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रतिनिधिसभा सदस्य दिमा विजयी भएका छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा गुरूङ माओवादीका महासचिव देवप्रसाद गुरूङलाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । माओवादीका गुरूङले ३१ हजार...
समानुपातिकमा माओवादीले पनि २ लाख मत कटायो
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले पनि दुई लाख मत कटाएको छ । माओवादी केन्द्र २ लाख मत कटाउने चौथो दल हो । नेकपा एमाले समानुपातिकतर्फको शीर्ष स्थानमा छ । जारी मतगणनाको पछिल्लो तथ्यांक अनुसार, एमालेले अहिलेसम्म ४ लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ...
अझै १० निर्वाचन क्षेत्रको मतगणना सुरु हुन बाँकी
काठमाडौं । निर्वाचन आयोगले अझै विभिन्न १० निर्वाचन क्षेत्रको मतगणना सुरु हुनै बाँकी रहेको जनाएको छ । आयोगको आधिकारिक विवरण अनुसार, कुल १६५ निर्वाचन क्षेत्रमध्ये १५५ निर्वाचन क्षेत्रको मतगणना संचालन भइरहेको छ । बाँकी निर्वाचन क्षेत्रमा कतै विवाद, कतै मतपेटिका संकलन र एक स्थानमा पुनः मतदान हुनै बाँकी रहेको...
फराकिलो मतान्तरसहित प्रचण्ड निर्वाचित
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निर्वाचित भएका छन् । बिहीबार बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार, अध्यक्ष प्रचण्ड २६ हजार ९०३ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यस्तै, उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार...










