सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की विजयी
सुनसरी । सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी हाँसिल गरेका हुन् ।
कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भएका हुन् । कार्कीले ३० हजार ४८३ प्राप्त गर्दा उनका प्रतिस्पर्धी कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।
