जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १६, शुक्रबार ०७:५२
सांकेतिक तस्वीर

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका छन् ।

यस्तै दुर्घटनामा परेर जिप चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री घाइते भएका छन् । उनीहरुको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।