काठमाडौंमा दोहोरी रेष्टुरेन्ट २ बजे र नाइट क्लब ४ बजेसम्म संचालन गर्न पाइने
काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म संचालन हुन पाउने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, बैठकले रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म, रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने निर्णय गरेको हो ।
काठमाडौं जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
