समानुपातिकतर्फ एमालेको अग्रता
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।
पछिल्लो मत परिणाम अनुसार, उक्त मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेका छन् । नेकपा एमालेले २७ लाख ८३ हजार ३८८ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेस ६ लाख ५२ हजार ६२८ मतसहित दोस्रो स्थानमा रहेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८० मतसहित तेस्रो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २३ हजार ७८ मतसहित चौथो स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार २५९ मतसहित पाँचौ स्थानमा, जनता समाजवादी पार्टी नेपाल ४ लाख २० हजार ९४३ मतसहित छैठौं र जनमत पार्टी ३ लाख ९४ हजार ३८५ मतसहित सातौ स्थानमा रहेका छन् ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ ।
