समाचार

नुवाकोट–२ बाट कांग्रेसका अर्जुननरसिंह केसी विजयी

नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार १०७ मतसहित विजयी हासिल गरेका हुन् । यस्तै, उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ र...

सशस्त्र प्रहरीका जवान घूस रकमसहित पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीका एक जवान घूससहित पक्राउ परेका छन् । सुरक्षा बेसक्याम्प नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवान ७ हजार घूससहित पक्राउ परेका हुन् । महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान...

हेटौंडा दुर्घटना अपडेटः एक जनाको मृत्यु

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरीटारस्थित शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ । दिउँसो साढे ३ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको...

पाल्पाबाट प्रदेश सभामा एमालेका सारु निर्वाचित

पाल्पा । पाल्पाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा (२) मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित भएका छन् । सारु आफ्नो प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । सारुले १४ हजार २ सय ९६ मत ल्याउँदा सत्ता...

चित्रकारको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्ड

काठमाडौं । अल्जेरियाको एक अदालतले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो लगाएको आरोपमा एक सय जनाभन्दा बढीको भीडले चित्रकारको हत्या गरेको थियो । अधिकारीहरूका अनुसार, वन डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको...

हेटौंडामा सवारी दुर्घटना, दुई जना गम्भीर घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरीटारस्थित शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । दिउँसो साढे ३ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१...

रुपन्देही–२ को मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्वर २ मा स्थगित मतगणना पुनः सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको हो । बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धनसहित केही दलले मतगणना रोक्न...

कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

कैलाली । कैलाली क्षेत्र नम्वर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । यस्तै, एमालेका झपट रावलले १६ हजार १२८ मत र माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत...

रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी

काठमाडौं । चितवन क्षेत्र नम्वर २ बाट नवनिर्वाचित सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधि सभाको उम्मेदवार समेत...

एकीकृत समाजवादी पार्टीले जित्यो प्रतिनिधि सभामा १० सिट

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभातर्फ १० सिट जितेको छ । जारी मतगणनामा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट १९ सिट भाग पाएकामा १० सिटमा जित हाँसिल गरेको हो । अब कतैपनि समाजवादीको अग्रता छैन । जारी मतगणनामा इलाम १ मा झलनाथ खनाल एमालेका उम्मेदवार...