जुवातास खेलिरहेका १६ जना प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–३ बस्ने ४१ वर्षीय भुवनलाल श्रेष्ठसहित १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले नगद ४ लाख ४३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
