खोलामा डुबेर १६ वर्षीय युवकको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १८,आईतवार ०८:०८
File Photo

चितवन । चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय मनिष श्रेष्ठ रहेका छन् ।

जिल्लाको कालिका नगरपालिका–९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका श्रेष्ठको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।