बाजुरामा कांग्रेसका बद्री पाण्डे अगाडि
बाजुरा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै राखेका छ । कांग्रेस उम्मेदवार पाण्डे एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३ हजार ७७८ मतान्तरले अगाडि रहेका छन् ।
पाण्डेले २६ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी थापाले २३ हजार २०८ मत प्राप्त गरे । यस्तै, प्रदेश सभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले निर्वाचित भएका छन् भने प्रदेश सभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीको अग्रता लिएका छन् ।
शाहीले १७ हजार ९२७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले १५ हजार १७२ मत पाएका छन् । बाजुरामा बुधबार बेलुकी ६ः ३० बजेबाट सुरु भएको मतगणना हाल पनि जारी छ ।
