पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १७, शनिबार १५:३१
सांकेतिक तस्वीर

चीन । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार, आगोलागीमा परेर पाँच जनाको मृत्यु भएको हो ।

उनीहरुको उद्धारपछि दुर्घटनास्थलमा फसेका ७ जनालाई अस्पताल लगिएकोमा पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य दुई जना भने सामान्य घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । जुझाउको नगरपालिका सरकारले दुर्घटनाको बारेमा अनुसन्धान गर्न टोली गठन गरेको जनाएको छ ।