सातामा १३ सयले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साताको शुक्रबार प्रतितोला ९७ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको भाउ यो साताको शुक्रबारसम्म आइपुग्दा ९९ हजार ११ रूपैयाँ पुगेको छ ।
यस्तै, गत साता प्रतितोला ९७ हजार ३०० रूपैयाँ रहेको तेजाबी सुनको मूल्य यस साताको शुक्रबारसम्म ९८ हजार ६०० रूपैयाँ पुगेको छ ।
गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य ५० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको भाउ तोलामा १२ सय ९५ रूपैयाँ रहेको चाँदीको मुल्य यस साताको शुक्रबारसम्ममा १३ सय ४५ रूपैयाँ कायम भएको छ ।
