जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर १७, शनिबार १०:०२
File Photo

धनुषा । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जन्ती बोकेको बा१ज ८२९३ नम्वरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेहरुमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह रहेका छन् भने अन्य २ जनाको सनाखत भउको छैन । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।