नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ मंसिर १८,आईतवार १०:१२

काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्नेछ ।

उक्त बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा जनाइएको छ ।

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो ।