समाचार

विश्वकप अन्तरगत आजबाट समूह चरणको अन्तिम खेल हुँदै

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछ । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज विभिन्न चार खेलहरू हुँदैछ । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’ को...

समानुपातिकतर्फको मतगणना जारी : कुन दलको कति मत कट्यो ?

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ  मतगणना जारी छ । मंगलबार बिहानसम्म कुल ९४ लाख ९१ हजार ६२२ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थान कायमै राखेको...

मकवानपुरमा ३१ हजार भन्दा बढी मत बदर

मकवानपुर । मकवानपुरमा यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ गरी ३१ हजारभन्दा बढी मत बदर भएको छ । जिल्लामा प्रतिनिधि सभातर्फका २ र प्रदेश सभातर्फका ४ वटै निर्वाचन क्षेत्रमा ३१ हजार ४७४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कमा...

यस्तो रहने छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज देशका पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश नं. १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा...

सुनसरी–३ मा गच्‍छदारलाई पछि पार्दै चौधरीको अग्रता कायमै

सुनसरी । प्रतिनिधि सभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्वर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमालेकी भगवती चौधरीले नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्‍छदारलाई पछि पार्दै अग्रता कायमै रखेकी हुन् । पछिल्लो मतपरिणाम अनुसार, चौधरीको पक्षमा ३२ हजार ४१७ मत खसेको छ भने दोस्रो स्थानमा रहेका गच्छदारले २७...

सुनसरी–४ मा आजबाट पुनः मतगणना सुरु हुने

सुनसरी । सुनसरी ४ को मतगणना आजबाट सुरु हुने भएको छ । शनिबारदेखि स्थगित भएको मतगणना निर्वाचन आयोगले निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर आजबाट पुनः सुरु गर्न लागिएको हो । नसरी–४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा...

हेटौंडा अस्पतालमा कर्मचारी माग

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा कर्मचारी माग गरिएको छ । अस्पतालले आइतबार एक सूचना जारी विभिन्न ७ पदमा १३ जना कर्मचारी माग गरेको हो । सूचना अनुसार, कन्सल्टेण्ट सर्जन ४ जना, कन्सल्टेण्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अफिसर र कन्सल्टेण्ट जेनेरल फिजिसियन २/२ जना माग गरेको छ...

मकवानपुरमा समानुपातिकतर्फ एमाले पहिलो दल बन्यो

मकवानपुर । मकवानपुरमा हालै सम्पन्न समानुपातिक निर्वाचनतर्फ नेकपा एमाले सबैभन्दा बढी मत ल्याएको छ । एमालेले मकवानपुर–१ र २ बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ कूल ५० हजार ८०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ । आयोगका अनुसार, जिल्लाको क्षेत्र नम्वर १ बाट २२ हजार ६११...

उदयपुर–१ मा स्थगित मतगणना पुनः सुचारु गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्वर १ मा स्थगित भएको मतगणना पुनः सुचारु गर्न निर्देशन दिएको छ । सोमबार आयोगले उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै यसअघि मतगणना पूर्व भएको सहमती अनुसार, मतगणना गर्न निर्देशन दिएको हो । आयोगका उप–सचिव ऋषिराम अर्यालले एक पत्र जारी गर्दै सो...

थापाथली झडपमा घाइते भएकाको नर्भिकमा उपचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूढा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामूढा लागेर घाइते भएका उनीहरुको नर्भिकमा उपचार भएको हो । सो...