यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी

तु खबर संवाददाता
२०७९ मंसिर २०,मंगलवार १६:३२

काठमाडौं । मंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २४.४६ अंकले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको थियो ।

आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेर ९६ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको ८ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ५० लाख, रिडी हाइड्रोपावरको ५ करोड २ लाख, नबिल बैंकको ४ करोड ८१ लाख र एनआइसी एशिया बैंकको ३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।