हेटौंडामा संचालनमा आयो ह्वाईट फ्रोजन मो.मो.
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ह्वाईट फ्रोजन मो.मो.संचालनमा आएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित लामसुरे दिव्यपथ मकवानपुरमा आधुनिक प्रविधिको मेसिनबाट उत्पादित भेज, चिकेन तथा बफ मो.मो. बिक्री–वितरण सुरु गरिएको हो ।
उक्त पसल स्थानीय पार्वती घिमिरेले संचालनमा ल्याएकी हुन् । अन्दाजी ३५ लाख रुपैयाँ बराबरको लगानीमा यही मंसिर १२ गतेबाट संचालनमा आएको उक्त पसलमा छुट्टाछुट्टै ४ वटा मेसिनबाट मो.मो.उत्पादन गरिनेछ ।
पसलका मार्केटिङ म्यानेजर मनोज कुमार खत्रीले मो.मो. होम डेलिभरीसमेत हुने र त्यसको लागि ९८४७५३०८७/९८४५३०४०६३ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
