देशभर कोरोना संक्रमितको संख्या ओरालो लाग्ने क्रममा
काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९२३ जनाको नमुना परीक्षण गर्दा मात्र १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १४ जना संक्रमणमुक्त भएका छन् भने स)क्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । त्यस्तै, ८५ हजार ८१२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
कोरोना महामारी सुरु भएका यता नेपालमा पीसीआर विधिबाट १० लाख ९१२ तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २१३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ९ लाख ८८ हजार ८१४ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।
