समाचार

विश्वकपमा आज समूह ‘सी’ र समूह ‘डी’ का २/२ खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार विभिन्न चार खेलहरु हुँदैछ । आज समूह ‘सी’ र समूह ‘डी’ का २/२ खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा...

बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने कोइराला

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले आम निर्वाचन २०७९ मा उत्कृष्ट कार्यसम्पादन गरेकाले कोइरालालाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले मंगलबार एक समारोहकाबीच प्रदेश प्रहरी प्रमुख (डीआइजी)...

समानुपातिक : प्रतिनिधि सभातर्फ झण्डै एक करोड मत गन्दा एमालेको अग्रता कायमै

काठमाडौं । यही मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना हाल जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै राखेको छ । एमाले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् । यस्तै, नेपाली कांग्रेस...

रुकुम पश्चिममा एक महिला मृत फेला

रुकुम । पश्चिम चौरजहारी नगरपालिका ३ कैंचास्थित भेरी नदीको किनारमा मंगलबार एक जना मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको भेरी नगरपालिका १ बस्ने ५० वर्षीया दुर्पता रावत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार दिउँसो घर नजिक आफ्नै खेत बारीमा पानी लगाउन गएकी उनी...

परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर–१ बाट निर्वाचित

काठमाडौं । उदयपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का निर्वाचित भएका हुन् । खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् । खड्का...

यस्तो रहने छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली...

काठमाडौंबाट सिमरा उडेको जहाजमा समस्या देखिएपछि …

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरी काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल कार्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार, ‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं...

हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

काठमाडौं । सप्तरीमा घाँटी रेटी हत्या गरेको अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको कञ्चनरूप नगरपालिका– १ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको मंगलबार बिहान हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, घाँटी रेटी हत्या गरिएको अवस्थामा राउतको शव...

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । झापा प्रहरीले जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कन्काई नगरपालिका–४ बस्ने ७७ वर्षीय धनपति ढुङगानालाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनलाई जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र...

हेटौंडा अस्पतालमा मातृ तथा बाल स्वास्थ्य क्लिनिक संचालन

मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पातलको पुरानो ओपिडी भवनमा मातृ तथा बाल स्वास्थ्य सेवा क्लिनिकको सेवा संचालन गरिएको छ । उक्त क्लिनिक स्वास्थ्य कार्यालय मकवानपुरको समन्वय एवम् हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहयोगमा संचालनमा आएको हो । क्लिनिकको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले उद्घाटन गरेका...