समाचार
चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन
काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन । उनी सन् १९२६ को १७ अगस्टमा...
माओवादीले निर्वाचनको सबै नतिजा आएपछि मात्रै समीक्षा गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि मात्रै निर्वाचन समीक्षा गर्ने भएको छ । अहिले दुबै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने भएको हो । ‘अहिले प्रत्यक्ष र समानुपातिकको मत आइरहेको छ । यो बीचमा बैठक बस्ने कुरापनि...
लागूऔषधसहित एक जना पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्वर ६ साँगुरीबाट लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले बुधबार सबहान पक्राउ गरेको छ । प्रहरी करिब ६० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा जिल्लाको ताप्ली गाउँपालिका–२ धपने बस्ने २७ वर्षीय सरोज राई रहेका छन् । राईले ताप्लीबाट मिर्चैयातर्फ...
झिनो अंकले घट्यो नेप्से परिसूचक, ८४ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २ अंकले बढेको नेप्से आज ३.४१ अंकले घटेर १९४९ विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्सेमा सूचीकृत २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा ८४ करोड २६ लाख...
महिलामाथि करणी गरेको आरोपमा एक जना पक्राउ
ओखलढुंगा । महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वा...
बाजुरा र स्याङ्जा–२ मा पुनः मतदान नहुने
काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्वर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । यही मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।...
खोला किनारका बस्ती खाली गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना खाली गर्न निर्देशन दिएको छ । बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन प्राधिकरणले आह्वान गरेको हो । उक्त सूचनामा काठमाडौं उपत्यका भित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई...
कानुन बमोजिम काम नगर्ने १२ ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं । कानुन बमोजिम काम नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो । अनुगमन कार्यालय ती व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालोसूचीमा...
दुर्घटनामा परेर मकवानपुरका लामाको मृत्यु
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेमा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति १० बजेको समयमा हात्तिसुडेबाट श्रीपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालिमा खसी दुर्घटना हुँदा एक...
बागमती प्रदेशमा माओवादीले जित्यो १४ सिट (सूचीसहित)
मकवानपुर । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको प्रत्यक्षतर्फ हालसम्म १४ सिट जितेको छ । यही मंसिर ४ गते सम्पन्न निर्वाचन अनुसार, प्रदेशको प्रत्यक्षतर्फ १४ सिटमा माओवादीले जित हाँसिल गरेको हो । हेर्नुहोस् सूची रामेछाप जिल्लामा रामेछाप (१) तारानारायण श्रेष्ठ रामेछाप (२ं) युवराज चौलागाईं सिन्धुली जिल्लामा सिन्धुली १ (१) मातृकाप्रसाद...









