समाचार

प्रतिनिधि सभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

मकवानपुर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । सो सार्वजनिक मतपरिणाम अनुसार, प्रतिनिधि सभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति रहेका छन् । प्रतिनिधि सभा सदस्यमा आदवासी जनजातिमा नेकपा एमालेबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई...

ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १५ वर्षीया बालिका चेतना साउद रहेका छन्...

बिहीबार शेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ । अघिल्ला दिनहरुमा घटबढको उतारचढाव देखिएको शेयर बजारमा आज ११ अंकको सुधार देखिएको हो । यस्तै, आज नेप्सेमा सूचीकृत २४१ कम्पनीको...

मतान्तर घटाउँदै मन्त्री ज्ञानेन्द्र कार्की

धरान । सुनसरी क्षेत्र नम्वर ४ मा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् । यसअघि उनी कुसियैतभन्दा ८२ मतान्तरले पछि परेका कार्कीले पछिल्लो मतपरिणाम अनुसार, मत अन्तर २७ मा झारेका छन् । जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९...

समानुपातिकतर्फ १ करोड २ लाख मतगणना, कुन दलको कति मत ?

काठमाडौं । प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मतगणना सम्पन्न भएको छ । बिहीबार बिहानको पछिल्लो मतपरिणाम अनुसार, देशभर कूल १ करोड ९ लाख ७३ हजार २७ मत खसेको थियो । तीमध्ये आज बिहानसम्ममा १ करोड २ लाख २२२ मतगणना सम्पन्न भएको हो ।...

खोलामा डुबेर एक महिलाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोटमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. १ जोगिथुम बस्ने ४९ वर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, मानसिक अवस्था ठीक नभएकी कुमालको रिब्दीकोटको सातमुरेस्थित रिडी खोलमा डुबेर मृत्यु भएको...

स्रोत नखुलेको अवैध रकमसहित २ जना पक्राउ

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित बुधबार साँझ दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौरबाट इन्स्पेक्टर शंकर थापाको कमाण्डमा गएको टोलीले गौरस्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा अवैध रकमसहित दुवै जनालाई पक्राउ गरेको हो ।...

स्याङ्जा २ मा कांग्रेसका गुरुङ अगाडि

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् । पछिल्लो मतपरिणाम अनुसारस्याङ्जा २ मा कांग्रेसका गुरुङ अगाडि, गुरुङले अर्याललाई ६९२ मतान्तरले पछि पारेका हुन् । कांग्रेसका गुरूङले ३ हजार ९०७ मत प्राप्त गर्दा एमालेकी...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४०२३९ पुग्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४० हजार २३९ जना पुगेको छ । प्रदेशमा गत साउनदेखि बुधबारसम्ममा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा...

हेटौंडामा सवारी दुर्घटना, एक जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरमा बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ साढे ६ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ५४८ नम्वरको ट्रक (कवाडी लोड) बिग्री रोकी राखेकोमा साही दिशाबाट आउँदै गरेको ना ५२ प...