९ जना जुवाडे प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित सुरज तामाङले संचालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले गएराति ९ जनालाई पक्राउ गरेको छ ।
काभ्रे पाँचखाल नगरपालिका–८ घर भएकी २९ वर्षीया सोनु तामाङसहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नगद ६९ हजार ६ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीह्ररुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
