समाचार
दोलखामा शिवाकोटी भन्दा कार्की दोब्बर मतले अगाडि
दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार गङ्गा कार्कीले दोब्बर मतले अगाडि छन् । हालसम्म ६ हजार ३१ मतगणना हुँदा कार्कीले १ हजार ८१८ मतान्तरले अग्रता कायम गरेका हुन् । कार्कीले ३ हजार ६१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले...
मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना स्थगित
बाजुरा । बाजुराको मतगणना फेरि स्थगित भएको छ । निर्वाचन भएको ११ दिनपछि बिहीबार सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि पुनः स्थगित भएएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको बाजुराका मुख्य...
बागमती प्रदेशमा मानव अधिकार उलङ्घनको ३३ उजुरी
मकवानपुर । बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उलङ्घनको ३३ उजुरी परेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशको १३ जिल्लामध्ये १० जिल्लामा गरी ३३ वटा मानव अधिकार उलङ्घनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयले जनाएको छ । मानव अधिकार आयोगका बागमती प्रदेश कार्यालयका...
युट्युव मार्फत अश्लिता फैलाउने कार्यमा संलग्न हेटौंडाका खड्का पक्राउ
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले युट्युव मार्फत अश्लिता फैलाउने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ हुप्रोचौर बस्ने २० वर्षीय प्रतिक भन्ने नविन खड्का रहेका छन् । उनलाई साइबर व्यूरो भोटाहिटीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको...
दुर्घटनामा परेर मकवानपुरका दुई जना घाइते
मकवानपुर । धरान–चतारा सडकखण्ड अन्तरगतमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ कठायत चोकस्थित बिहीबार साँझ सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ५ त ५०४६ नम्वरको ट्याक्टरले विपरित दिशातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३५ प ४०९७ नम्वरको माटरसाईकललाई ठक्कर दिँदा दुई जना...
स्याङ्जा २ (क) बाट कांग्रेसका अर्याल निर्वाचित
स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नम्वर २ (क) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मी पारजित गर्दै प्रदेश सभा सस्दयमा निर्वाचित भएका हुन् । अर्यालले रेग्मीलाई २ हजार ७३० मतान्तरले पराजित गरेका हुन् । अर्यालले १५...
सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले आज एक सूचना प्रकाशित गर्दै तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं...
हेटौंडा–४ हुप्राचौरमा रहेको स्व. राजा विरेन्द्रको शालिक सुरक्षाको माग
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौर परिसरमा रहेको स्व. राजा विरेन्द्रको शालिकको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाईएको छ । नगर विकास समितिको नाममा रहेको हुप्रचौर परिसरमा निर्माण भएको ऐतिहासिक, कलात्मक तथा परातात्विक महत्व बोकेका नेपालका राजाको शालिक नै भत्काउने...
बाजुरामा कांग्रेसका पाण्डे १२ मतान्तरले अगाडि
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । पाण्डेले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापालाई १२ मतले पछाडी पार्दै अग्रता कायमै राखेका हुन् । पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् । यही मंसिर ४ मा सम्पन्न...
जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय...










