कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ मंसिर २४, शनिबार ०८:१६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । मंसिर ४ को निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो ।

बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु छन् ।