त्रिविबाट १०३९२ जना विद्यार्थी दीक्षित

तु खबर संवाददाता
२०७९ मंसिर २३,शुक्रबार १७:४३
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा १० हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाका अनुसार, दीक्षान्त समारोहमा १० हजार ३९२ जना विद्यार्थी दीक्षित भएका हुन् ।

२०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका विद्यार्थीहरूले आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् ।

उक्त समयावधिमा ६३ हजार १३७ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए । स्नातक तहतर्फ ६ हजार ६९१, स्नातकोत्तरतर्फ ३ हजार ५४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित भएका हुन् ।

दीक्षान्त समारोहमा ३२ हजार भन्दा बढीको सहभागिता रहेको थियो ।