माओवादीको पदाधिकारी बैठक सकियो, भोलि फेरी बस्ने

तु खबर संवाददाता
२०७९ मंसिर २३, शुक्रबार १७:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा छलफल गर्न भोलि फेरी बस्ने गरी आजको बैठक सकिएको हो ।

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार, भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्नेछ । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।