समाचार

हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

जनकपुरधाम । धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या अभियोगमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव...

हेटौंडा–१३ स्थित तातोपानी जाने बाटो स्ल्याब ढलान

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित तातोपानी जाने बाटोको स्ल्याब ढलान गरिएको छ । उक्त स्थानमा ७४ मिटर लम्बाई र ६ मिटर चौडाई स्ल्याब ढलान शुक्रबार सम्पन्न गरिएको हो । उक्त स्ल्याब ढलानको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ का अध्यक्ष  पेम्बा लामाले गरेका हुन् ।...

हेटौंडामा प्रादेशिक खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठी

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार प्रादेशिक खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र डब्लुएफपीको संयुक्त आयोगनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरण कुमार...

बाजुरामा रोकिएको मतगणना पुनः सुरु

बाजुरा । बाजुरामा रोकिएको मतगणना पुनः सुरु भएको छ । हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि विवाद भउर गणना रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मुचुल्काअनुसार २ हजार ३१२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २ हजार...

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु

जुम्ला । जुम्लास्थित विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार, बेहोस अवस्थामा भेटिएका युवकको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित...

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८१० पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८१० जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ७ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८१० जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि शुक्रबारसम्मको हो । जसमा...

दोलखामा मतगणना पुनः सुचारु

दोलखा । दोलखामा मतगणना पुनः सुरु भएको छ । प्रतिनिधि सभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि स्थगित भएको मतगणना पुनः सुचारु भएको हो । हाल मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्कीले ५ हजार ३५ मत...

आफ्नै घरको छतबाट खसेर युवकको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एक जनाको युवकको मृत्यु भएको छ । मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय छोरा भुमिनलाल श्रेष्ठ रहेका छन् ।...

दोलखामा मतगणना स्थगित

काठमाडौं । दोलखामा मतगणना स्थगित भएको छ । प्रतिनिधि सभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो । दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८...

दुर्घटनामा दुई जनाको मृत्यु

झापा । झापामा गएारति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ । गएराति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएके छ ।...