मकवानपुरको भीमफेदीमा भिरबाट लडेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर २४, शनिबार ०८:२८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ३ च्यानडाँडास्थित भिरबाट लडेर शुक्रबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्वर १३ घर भएका ६७ वर्षीय ईन्द्रबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, मृतक रुम्बा भीमफेदी–३ सिमलटारस्थित ससुरालि घर आउने क्रममा ससुरालि घरबाट अन्दाजी ७०० मिटर पश्चिम भिर बाटोबाट अं.३०० मिटर तल खसी घटना स्थलमानै मत्यु भएको हो । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।