एमालेको सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०७९ मंसिर २४, शनिबार ०९:१८
file-photo

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी गराए ।

उनका अनुसार, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ ।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ । समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।