खोलामा डुबेर मकवानपुरका मोक्तानको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर २४, शनिबार ०८:४२
file-photo

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ चुर्लिङ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राक्सिराङ २ थुम्की बस्ने अन्दाजी ७८ वर्षीय म्याक्सो मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, मोक्तानको तर्ने क्रममा डुबेर मृत्यु भएको हो । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।