समाचार
यस्तो रहने छ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने...
स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै
स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मतसहित अग्रता कायमै राखेका हुन् । उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले ९ हजार ५०१ मत प्राप्त गरेकी हुन् । उनीहरुबीच २ हजार ४१८ को मतान्तर देखिएको...
दोलखामा माओवादीका कार्की अगाडि
काठमाडौं । दोलखामा बिहीबार बेलुका ९ बजेबाट सुरु भएको मतगणना जारी छ । दोलखाको गौरीशङ्कर क्याम्पसमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता लिएका छन् । कार्कीले १६५४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको मत ९११ छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका...
चोरी गरेको आरोपमा एक पक्राउ
काठमाडौं । काठमाडौंमा प्रहरीले दिउँसै चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएके छ । प्रहरीका अनुसार, तामाङले बौद्ध, कपन जस्ता एरियामा दिउँसै चोरी गर्ने गरेका थिए । तामाङले चोरी गरेको ४...
काठमाडौंमा दोहोरी रेष्टुरेन्ट २ बजे र नाइट क्लब ४ बजेसम्म संचालन गर्न पाइने
काठमाडौं । काठमाडौंमा नाइट क्लबहरु राति ४ बजेसम्म संचालन हुन पाउने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले रक्सी पसलहरु (बोतलबन्दी बिक्री हुने मात्र) राति १० बजेसम्म, रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट,...
सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्की विजयी
सुनसरी । सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी हाँसिल गरेका हुन् । कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भएका हुन् ।...
हत्याको आरोपमा वडाध्यक्ष पक्राउ
धनगढी । बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । प्रहरीका अनुसार, उनीसँगै अन्य दुई जनालाई पनि पक्राउ गरिएको...
स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै
काठमाडौं । स्याङ्जा २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार, गुरुङले ६ हजार ६२५ मतसहित अग्रता कायमै राखेका हुन् । नेकपा एमालेकी उम्मेदवार पदमा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर १ हजार ६९२ छ ।...
मकवानपुरमा २७ जना डेंगु संक्रमित थपिए, कुल संख्या ५८०३ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८०३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८०३ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा...
दराजले थिचेर साढे २ वर्षीया बालिकाको मृत्यु
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मा दराजले थिचेर साढे २ वर्षीया बालिका मृत्यु भएको छ । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार बिहान दराजले थिचेर गम्भीर घाइते भएकी बालिकाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा...









