दुर्घटनामा परेर खनालको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर स्कुटरमा सवार अर्घाखाँचीका १७ वर्षीय किशोर साम्राट खनालको मृत्यु भएको हो । कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नं.२ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको हो ।
मृतकका बुवा चालक लक्ष्मण खनाल सामान्य घाइते भएका छन् । लक्ष्मण स्कुटर चालक हुन् । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
