समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया...

वडाध्यक्ष जोशीको निधन

डोटी । डोटीको पूर्वी चौकी गाउँपालिका ६, गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । वडाध्यक्ष जोशीको कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार निधन भएको हो । प्रेसरका बिरामी रहेका जोशीको घर फर्किने क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत अवस्थामा...

सुनसरी ४ मा पछि परे कांग्रेसका कार्की

सुनसरी । सुनसरी ४ मा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार, नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिएसँगै कार्की पछि परेका हुन् । कुसियैतले २९ हजार ७९४ मत प्राप्त गर्दा कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरुबीच ८२ मतान्तर देखिएको...

दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान सुरु

दोलखा । दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान सुरु भएको छ । बुथ कब्जा भएको भन्दै विवाद हुँदा स्थगित भएको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो । साँझ ५ बजेसम्म संचालन हुने उक्त मतदान केन्द्रमा कुल ८ हजार ५१४ मतदाता रहेका छन् । निर्वाचन आयोगको...

स्याङ्जा २ मा एमालेकी अर्यालको अग्रता

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्वर २ मा मतदान सम्पन्न भएको १० दिनपछि मतगणना सुरु भएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो । नेकपा एमालेकी पद्मा अर्यालले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धनराज गुरुङलाई पछि पार्दै अग्रता लिएकी छिन । अर्यालले २ हजार ३०४...

स्याङ्जामा स्थगित मतगणनाका पुनः संचालन गर्न सर्वदलीय बैठक बोलाइयो

काठमाडौं । निर्वाचन आयोगको निर्देशनपछि स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक बोलाइएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य स्थगित भएको थियो । बुधबार बसेको आयोगको बैठकले बाजुरा...

समानुपातिकतर्फ १ करोड मतगणना सम्पन्न, अझै ९ लाख गन्न बाँकी

काठमाडौं । प्रतिनिधि सभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार ९३२ मतगणना सम्पन्न भएको छ । देशभर कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकोमा ६१ प्रतिशत अर्थात एक करोड ९ लाख ७३ हजार २७ मत खसेको थियो । तीमध्ये एक करोड ४२ हजार ९३२...

मल नपाएको भन्दै किसानहरुले भोलि थाहा नगरपालिका घेराउ गर्ने

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका किसानहरुले बिहीबार थाहा नगरपालिकाको कार्यालय घेराउ गर्ने भएका छन् । किसानले आवश्यक मल नपाउँदा पीडामा परेको भन्दै नगरपालिकालाई दबाब दिने उद्देश्यसहित किसान हकहित संघर्ष समितिले भोली बिहान ११ बजे थाहा नगरको कार्यालय घेराउ गर्ने भएको हो । समितिका सदस्य लक्ष्मण बर्तौलाका अनुसार,...

मकवानपुर प्रहरीद्वारा अवैध गाँजा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले बुधबार बिहान ७९ किलो लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ कत्ले खोलास्थित सडकमा डब्लुबी ५९ सी ६७३५ भारतीय नम्वरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उक्त गाँजा ईलाका प्रहरी...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५७७६ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ७७६ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १७ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ७७६ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बुधबारसम्मको हो । जसमा...