मनहरीको पशुपति माविमा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा बुधबार महिला तथा बालबालिकामाथि हुने सबै खालका हिंसाबारेमा जानकारी दिन एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्लान ईन्टरनेस्नल नेपालको सहयोगमा सामुदायिक विकास संस्था (सीडीओ) नेपालले अन्तरक्रिया कार्यक्रमको आयोजनाको गरेको हो ।
माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा र हिमराईट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले सहजीकरण गरेका कार्यक्रममा विद्यालयका कक्षा ९ र १० का ७५ जना बालबालिकालाई अभिमुुखीकरण दिइएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, प्रधानाध्यापक भानुुभक्त आचार्य, सामुदायिक विकास संगठनका कार्यक्रम संयोजक गोबिन्द खड्का, विद्यालयका शिक्षक ईश्वर रिजाललगायतको सहभागिता रहेको थियो ।
उक्त अभियान अन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधि गर्ने क्रममा विद्यालय तहमा कार्यक्रम गरिएको सीडीओ नेपालका कार्यक्रम संयोजक खड्काले बताए ।
