राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताद्वारा पार्टी कार्यालयमा धर्ना

तु खबर संवाददाता
२०७९ मंसिर २२, बिहीबार १५:३६

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुले पार्टी कार्यालयमा धर्ना दिएका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । १३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् ।

बुधबार निर्वाचन आयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ ।