जर्मनीको संसद भवन हमला गर्न खोज्ने २५ जना प्रहरीको नियन्त्रणमा

एजेन्सी
२०७९ मंसिर २२, बिहीबार ०८:२२
सांकेतिक तस्बिर

जर्मनी । जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जनालाई नियन्त्रणमा लिएको छ ।

अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

७१ वर्षीय प्रिन्स हेनरिकको रूपमा वर्णन गरिएका एक कुलीनलाई उनीहरूको योजनाको केन्द्रविन्दु भएको आरोप लगाइएको छ । संघीय अभियोजकहरूका अनुसार, उनी जर्मनीका विभिन्न स्थानमा पक्राउ परेकाहरूमध्यका कथित दुई नेता मध्ये एक हुन् ।

समूहमा चरमपन्थी राइचसबर्गर (रिचका नागरिक) आन्दोलनका सदस्यहरू संलग्न छन् । जुन हिंसात्मक हमलाहरू र जातिवादी षडयन्त्र सिद्धान्तहरूका लागि लामो समयदेखि जर्मन पुलिसको नजरमा रहेका थिए । उनीहरूले आधुनिक जर्मनलाई मान्यता दिन अस्वीकार गरेका छन् ।