प्रदूषण जाँच पास नभएका सवारीसाधनलाई १ लाख जरिवाना

तु खबर संवाददाता
२०७९ मंसिर २२, बिहीबार ०८:३८
file photo

काठमाडौं । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आज सूचना जारी आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनसाधनलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो ।

विभागले सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।

अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र संचालनमा ल्याउन दिने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।