समानुपातिक सांसद चयन गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ ।
राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ । राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।
निर्वाचन आयोगले दलहरूलाई आज ४ बजेभित्र प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।
