समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपरान्ह ३ बजे बैठक बस्ने भएको हो । बैठकमा प्रतिनिधि सभा...

स्याङ्जा २ मा ६ हजार बढी मतान्तरले अगाडि गुरुङ

स्याङजा । स्याङ्जा २ मा कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार, गुरुङले एमालेकी पदमा अर्याललाई ६ हजार १९१ मतले पछि पार्दै अग्रता लिएका हुन् । कांग्रेसका गुरुङले २८ हजार ३७ मत प्राप्त गरेका छन् भने एमालेकी अर्यालले २१ हजार ८४६ मत प्राप्त गरेकी...

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

धनुषा । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जन्ती बोकेको बा१ज ८२९३ नम्वरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र...

दोलखामा सत्ता गठबन्धनकै अग्रता

दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । हालसम्म १६ हजार १९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले आग्रता कायमै राखेका छन् । कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई १ हजार ९ मतान्तरले पछि पार्दै अग्रता...

हत्या गरेको आरोपमा दुई पक्राउ

धनुषा । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु...

स्याङ्जा–२ मा भारी मतले धनराज गुरुङ अगाडि

स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङले नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्याललाई २ हजार २१३ मतले वछाडी पार्दै अग्रता कायमै राखेको हो । बिहानसम्मको गणनाअनुसार, गुरुङले २२ हजार ४८० मत प्राप्त गर्दा अर्यालले...

बेलायतमा नेपालीको जनसङ्ख्या ७२ प्रतिशतले वृद्धि

बेलायत । बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्या एक दशकमा ७२ प्रतिशतले बेद्धि भएको छ । बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले गरेको विश्लेषण अनुसार यसअघि सन् २०११ को जनगणनामा इंग्ल्यान्ड र वेल्समा जातीयता ‘नेपाली’ बताउने नेपालीहरूको सङ्ख्या ६० हजार २०२ मात्र थियो । एक दशकमा त्यो सङ्ख्या ७२.५५...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । शनिबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले...

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार, हालसम्म २० हजार ६३६ मत गन्दा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मतसहित अग्रता कायमै राखेका छन् । यस्तै, उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन् ।...

हेटौंडामा सवारी दुर्घटना, तीन जना घाइते

मकवानपुर । पुर्व-पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित सरसस्वती पेटोल पम्प नजिकै शुक्रबार साँझ सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बस्तिपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६३ प १७९८ नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प १५८४...