अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा ४९४ उजुरी दर्ता

तु खबर संवाददाता
२०७९ मंसिर २४, शनिबार १७:२२

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षको ४ महिनामा ४९४ भ्रष्टाचार तथा अनिमियतासम्बन्धी उजुरी दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकृत विष्णुप्रसाद सापकोटाका आनुसार, सो अवधिमा बाराको १३२, पर्साको १२०, रौतहटको ८८, मकवानपुरको ८९, चितवनको ४३, धादिङको १४, दोलखाको ३, रामेछाप र काभ्रेपलाञ्चोकको एक÷एक र रसुवाको ३ उजुरी परेको हो ।

सो अवधिमा दर्ता भएका उजुरीमध्ये १९० उजुरी फर्छ्योट भइसकेकोसूचना अधिकृत सापकोटाले बताए । गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको ४ महिनाको कूल उजुरी संख्या ९६२ रहेको छ । यी उजुरीमध्ये २८१ वटा उजुरी फर्छ्योट भइसकेको उल्लेख गरिएको छ ।

गैरकानुनी लाभका एक सय २७, राजश्व हिनामिनाका २८, सार्वजनिक खरिद निर्माणका एक सय ५७, विविधातर्फ ८५, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी तीन र गैरकानुनी सम्पत्तीसम्बन्धी चार उजुरी रहेको कार्यालयका वरिष्ठ इन्जिनियर मोहदत्त भट्टले जानकारी दिए ।