राप्रपाले २४ समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझायो
काठमाडौं । राप्रपाले समनुपातिक तर्फका २४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादिन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार, अध्यक्ष राजेन्द् लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन् ।
केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो । सोहीअनुसार नेताहरुसँग परामर्शमा लिङ्देनले आयोगमा सूची पठाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको प्रवक्ता श्रेष्ठले बताए ।
