लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २४, शनिबार १७:२८
file-photo

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले शनिबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले प्रोमेथाजिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुलसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–६ बस्ने २१ वर्षीय अनिलकुमार भगत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गाईघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०२–००१ ख ५५५५ नम्वरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाको प्रहरीले जाँच गर्ने क्रममा सिटमा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरिएको हो ।