एमालेद्वारा घनश्याम भुसाल र प्रभु साहसहित १२ जनालाई कारबाही

तु खबर संवाददाता
२०७९ मंसिर २५, आईतवार ०८:००
file-photo

काठमाडौं । नेकपा एमालेले नेताहरू स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई कारबाहीस्वरुप पार्टीबाट हटाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले उनीहरूलाई अन्तरघात गरेको भन्दै हटाएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङलेजानकारी दिए ।

त्यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह र कुन्दन कुशवाह, रामप्रीत राम, बद्री न्यौपाने,रिता साह, गंगा चौधरी, टेकबहादुर वलाम्पमकीलाई केन्द्रीय सदस्यबाट हटाएको हो ।

केन्द्रीय निकायका वांदी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि एमालेले कारबाही गरेको छ । यसैगरी, समानुपातिक सूचीमा रहेर पनि पार्टी गतिविधिमा लागेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको छ ।