समानुपातिक : माओवादीले बुझायो निर्वाचन आयोगमा १४ सांसदको सूची

तु खबर संवाददाता
२०७९ मंसिर २४, शनिबार १७:३९

काठमाडौं । माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची आयोगका बुझाएको जनाइएको छ ।

जसमध्ये आदिवासी महिलातर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ, खस आर्य पुरुषतर्फ हितराज पाण्डे, खस आर्य महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, थारु महिलातर्फ रुपा सोसी चौधरी, दलित पुरुषतर्फ रणेन्द्र बराइली रहेका छन् ।

यसैगरी, दलित महिलातर्फ सुशीला श्रीपाली ठकुरी, मधेशी महिलातर्फ मीना यादव, उमरावती देवी यादव, मुस्लिम महिलातर्फ कल्पना मियाँ चयन भएका छन् ।