समाचार

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । बास्कोटाको भक्तपुरस्थित घरमा आज बिहानै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको भक्तपुर प्रहरीले जनाएको छ । बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद वस्तु देखेपछि...

बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

काठमाडौं । बाजुराबाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएक छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार, पाण्डेले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी थापाले...

हेटौंडा भेट्रान्सको अध्यक्षमा रमेश उप्रेती

मकवानपुर । हेटौंडा भेट्रान्स क्लबको अध्यक्षमा रमेश उप्रेती चयन भएका छन् । क्लबको शनिबार हेटौंडा–५ स्थित पिप्लेमा सम्पन्न आठौं वार्षिक साधारणसभाबाट उप्रेतीको संयोजकत्वमा १२ सदस्यीय चयन गरिएको हो । यस्तै, क्लबको प्रथम उपाध्यक्षमा नवराज बज्राचार्य र द्वितीय उपाध्यक्षमा ज्ञानबहादुर क्षेत्री, सचिवमा कविन सांगामी, सह–सचिवमा अतुल शर्मा र कोषाध्यक्षमा सरोज...

मकवानपुरका साहित्यकार तुलसी थापा नगदसहित सम्मानित

मकवानपुर । बुढ्यौली साहित्य समाज मकवानपुरले वरिष्ठ साहित्यकार तुलसी थापालाई नगद रकमसहित सम्मान गरेको छ । समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साहित्यकार थापालाई नगद २ लाख रुपैयाँसहित सम्मान गरिएको हो । जिल्लामा रही लामो समयदेखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पुर्याएको योगदानका थापालाई मकवानपुरका १७ वटा साहित्यिक संघ, संस्थाले...

बाजुराबाट प्रदेश सभा २ मा कांग्रेसका शाही विजयी

nir बाजुराबाट प्रदेश सभा २ मा नेपाली कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन् । शाही आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् । शाहीले २० हजार ११९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी थापाले १७ हजार ५२१ मत प्राप्त गरे । यस्तै,...

कांग्रेसका धनराज गुरुङ स्याङ्जा २ बाट निर्वाचित

स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्य पदमानेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ५...

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

काठमाडौं । नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्वर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बिहान घरको सिढीमा तार जोडिएको अवस्थामा...

शिक्षकको ४ हजार दबन्दी थपिँदै

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ । यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशका पहाडी भू–भागका एक–दुई स्थानमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने राती बागमती प्रदेश,...

खोलामा डुबेर १६ वर्षीय युवकको मृत्यु

चितवन । चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय मनिष श्रेष्ठ रहेका छन् । जिल्लाको कालिका नगरपालिका–९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका श्रेष्ठको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त घटनाको बारेमा...