समाचार

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२००१ पुग्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार १ जना पुगेको छ । प्रदेशमा गत साउनदेखि आईतबारसम्ममा उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा...

प्रदेश– १ ले माग्यो ३१६ जना कर्मचारी

काठमाडौं । प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३१६ जना कर्मचारी माग गरेको हो । जारी सूचनामा स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको...

दोलखामा नेकपा माओवादी केन्द्रका कार्की विजयी

दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की विजयी भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै विजयी हाँसिल गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे । यस्तै, दोलखा प्रदेश सभा १...

इन्द्रचोकमा चिनियाँ नागरिकको झगडा हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छन् भने अर्का एक घाइते भएका छन् । आइतबार मध्यान्हतिर इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, झगडामा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु प्रहार गरेका थिए ।...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । सोमबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । मंगलबार पनि प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ...

दोलखामा एमालेका शिवाकोटी अगाडि

काठमाडौं । दोलखामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत हाल मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म ७८ हजार ९७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले आफ्नो प्रतिस्पर्धी माओवादी केन्द्रका गङ्गा कार्कीलाई १५ मतले टपेको छ ।...

कांग्रेसबाट ५७ जना प्रतिनिधि सभामा निर्वाचित

काठमाडौं । मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट ५७ जना प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । १६५ निर्वाचनमध्ये ९१ मा उम्मेदवारी दिएको कांग्रेसले ६२ प्रतिशत नतिजा निकालेको छ । पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको कांग्रेसले ३४ सिट भने गुमाएको छ । कांग्रेसले माओवादी केन्द्र,...

७० अङ्कको ट्रायलमा बागमती सरकारको भाँजो

काठमाडौं । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको (ट्रायल) मा ७० अङ्क ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चाबहिलबाट आइतबार शुभारम्भ गर्ने तयारी गरेको थियो । सोही तयारीअनुरूप उक्त मन्त्रालयका मन्त्री घनश्याम दाहाल र मुख्य सचिव मुकुन्दप्रसाद निरौला शुक्रबार काठमाडौँ आए । ट्रायलको...

आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् । उक्त बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल...

बसको ठक्करबाट १५ महिने बालकको मृत्यु

रूपन्देही । बुटवल उपमहानगरपालिका–११ मझुवास्थित सडकमा आइतबार बिहान लु १ क १५७९ नम्वरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने गोबिन्द खत्रीको छोरा १५ महिनाको बिहानी खत्री रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल...